सडकमा देखिएका मानिसलाई प्रहरीले घर फर्काउदै

काठमाडौ – कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ ।

आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन् । सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन् । अत्यावश्यकबाहेक पसल पनि बन्द छन् ।

काठमाडौंका सडकमा फाट्टफुट्ट निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काइरहेको छ । मुल चोक र सडकहरूमा प्रहरीहरूको बाक्लो उपस्थिति छ ।

सरकारले यो लक डाउन एक सातासम्मका लागि लागू हुने जनाएको छ ।
आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो ।

सोमबार साँझै बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभरि लक डाउन गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्