हेलम्बुमा १५ शैय्याको अस्पताल बन्ने, अध्यक्ष शेर्पाले गरे शिलान्यास

काठमाडौं – सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र भनेर चिनिने हेलम्बु गाउँपालिकामा १५ शैय्याको अस्पताल बन्ने भएको छ । बिहीबार हेलम्बु गाउँपालिका-२ किउलमा हिन्दु तथा बौद्ध परम्परा अनुसार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्त अस्पताल भवनको  शिलान्यास गरेका हुन् ।

प्रत्येक स्थानिय तहमा कम्तिमा १५ शैय्याको अस्पताल हुने नेपाल सरकारको निति अनुसार यो अस्पताल बन्नलागेको अध्यक्ष शेर्पाले जानकारी दिए । यो अस्पतालको निर्माण पश्चात हेलम्बुबासीले सामान्य रोगको उपचारकालागी अन्त जानु नपर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछाने, प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराई, वडा अध्यक्षहरु, प्राविधिकहरु, गाउँपालिकाको अन्य कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्