धुलिखेल मेयर कपको उपाधी पाँचखाललाई, विजेता टिमले २ लाख र उपविजेता टिमले १ लाख पुरस्कार पाए

काभ्रे – धुलिखेल मेयर कप फुटबलको उपाधि पाँचखाल युनाइटेड फुटबल एसोसिएसनले जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपा एफ सी, भक्तपुर क्लबलाई ५–१ ले हराउँदै पाँचखालले उपाधि जितेको हो । नेपा एफ सी, भक्तपुरले गरेका प्रयास सफल हुन सकेन । अन्नपूर्ण फुटबललाई हराएर पाँचखाल र एफ सी रेएले, भक्तपुरको टिमलाई सेमिफाइनलमा हराएर नेपा एफ सी, भक्तपुर फाइनल प्रवेश गरेका थिए ।

विजयी टिमले नगद २ लाख र उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । विजेता र उपविजेता टिमलाई धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले पुरस्कार प्रदान गरे ।

धुलिखेलस्थित आकाश भैरव क्लबको आयोजनामा मंसिर १८ गते सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १४ टिम सहभागी भएको कार्यक्रम मुख्य संयोजक अँकुर ब्यान्जुले जानकारी दिए । आकाश भैरव क्लबले २०७४ सालदेखि धुलिखेल मेयर कप प्रतियोगिता गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्