नेसनल प्याब्सन भक्तपुरको फुटसलमा ८/८ विद्यालय क्वाटरफाइनमा प्रवेश

भक्तपुर : नेसनल प्याब्सन भक्तपुरको आयोजनमा आज देखि जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, सुरु भएको छ । नेसनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले बल हस्तान्तरण गरेर खेल उदघाटन गरी संचालन भएको थियो । माध्यमिक र आधारभूत दुवै तहको एक/एक खेल समूहले एक आफसमा प्रतिस्पर्धा गरेका उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले समूह चरणका खेलहरु खेलेका थिए ।

मंसिर २७ गते हुने क्वाटरफाइनल खेलमा माध्यमिक तहबाट मदरल्याण्ड स्कूल विरुद्ध युनिटी स्कुल, डेमोस स्कुल विरुद्ध आरक्षण नेशनल स्कुल, ईडेन गार्डेन विरुद्ध एस एस सदन स्कुल र विमल मेमोरियल स्कुल विरुद्ध क्वालिटी स्कुल प्रतिस्पर्धा गर्नेछन् । साथै आधारभूत तहबाट पारागन स्कुल विरुद्ध पारिजात विद्याकुन्ज स्कुल, मदरल्याण्ड स्कुल विरुद्ध डेमोस स्कुल, विमल मेमोरियल स्कुल विरुद्ध युनिटी स्कुल र ईडेन गार्डेन स्कुल विरुद्ध क्वालिटी स्कुलले क्वाटरफाइनलमा सामना गर्ने जानकारी कार्यक्रमका संयोजक सुमन शिल्पकारले बताए ।  सेमिफाइनल र फाइनलका खेलहरु पनि भोली नै सम्पन्न हुने एवं विजयी खेल समूहलाई मेडल तथा ट्रफी प्रदान गरी कार्यक्रम समापन गरिने  संस्थाका सचिव जयप्रकाश राईले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्