काठमाडौँमा यस वर्षकै चिसो मापन, न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस

काठमाडौँ – काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जुन यस वर्षकै सबैभन्दा कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ ।

हिमाली जिल्लामा हिमपात भइरहेको छ भने तराईका जिल्लामा पनि बिहानको समयमा हुस्सु कुहिरो लाग्न थालेको छ । दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्