नेसनल प्याब्सन भक्तपुरको फुटसल प्रतियोगिता-२०७९ आज देखि सुरु हुँदै

भक्तपुर – नेशनल प्याब्सन भक्तपुरको आयोजनमा यहि मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, सुनपा ८ कांलाचा स्थित हेल्थी फुटसलमा संचालन हुदैछ ।
माध्यमिक र आधारभूत दुवै तहको एक/एक खेल समूहले एक-आपसमा प्रतिस्पर्धा गर्ने उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले खेल खेल्नेछन् । मंसिर २६ गते लिक चरणका सबै खेलहरु सम्पन्न हुने र मंसिर २७ गते क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु सम्पन्न हुने  नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बताए ।  साथै सोहि दिन विजयी प्रथम-१ खेल समूह, द्धितीय-१ खेल समूह र तृतीय-२ खेल समूहलाई मेडल तथा ट्रफी प्रदान गरी कार्यक्रम समापन गरिने समेत उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्