सेती नदीमा बगेर एक जनाको ज्यान गयो

डोटी – डोटीमा सेती नदीमा बगेर एक जनाकाे ज्यान गएकाे छ । नदीमा बगेर शिखर नगरपालिका २ कठाली गाउँका ३५ वर्षीय गोविन्द बोगटीको ज्यान गएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

भागेश्वर मन्दिर नजिक सेती नदीमा बगेर बाेगटीकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बोगटीको शव मन्दिरदेखि झन्डै चार सय मिटरको दुरीमा भेटिएको हाे । स्थानीयले नदीमा शव बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोगटी चिप्लिएर नदीमा खस्दा बगेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्