दार्चुलामा पेट्रोल पम्प बाहेक अनाधिकृत पसलहरुबाट पेट्रोलियम पदार्थ विक्रि नगर्न अनुरोध

काठमाडाैँ – दार्चुलामा पेट्रोल पम्प बाहेक अनाधिकृत पसलहरुबाट पेट्रोलियम पदार्थ विक्रि नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै अनाधिकृत रुपमा विभिन्न व्यक्ति तथा पसलहरुबाट इजाजत बेगर डिजेल/पेट्रोल/मट्टीतेल विक्रि वितरण भइरहेको हुदा प्रचलित कानुनको परिपालना नभएको साथै विक्रि स्थलहरुमा प्रयाप्त सावधानी तथा सुरक्षाको व्यवस्था समेत भएकोले दुर्घटनाको जोखिम बढेको भन्दै यस्तो कार्य नगर्न अनुरोध गरेको हो ।

यस्तै सूचनाको अटेरी गरि कहिँ कतैबाट अवैध रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण गरिएको पाइए कानुन बमोजिम कारवाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्