कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कैलाली – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर-८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । चौधरीले चलाएको से.७प ७७९३ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१-००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जोशीले बताए । उनको शव परीक्षणका लागि सेतीको शव गृहमा राखिएको छ । ट्रयाक्टर र चालक कैलालीको भजनी नगरपालिका-३ बस्ने ३४ वर्षीय कलम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्