नेकपा (एमाले)को सचिवालय बैठक बस्दै, यी विषयमा हुनेछ छलफल !

काठमाडौं – नेकपा (एमाले) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको हो । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर शनिबारका लागि सारिएको थियो ।

बैठकमा समानुपातिकतर्फका सांसदको छनौट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ । समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गरेको एमालेले प्रतिनिधि सभामा समानुपातिकबाट ३४ सिट पाएको छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउँदै ३ दिनभित्र बन्द सूचीमा रहेका नामबाट समावेशी सिद्धान्त अनुसार सांसद बन्नेहरुको नाम दिन भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्