सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज कैलाली जाँदै

कैलाली – कैलालीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते (आज) महोत्सवको उद्घाटन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन्।

प्रधानमन्त्री देउवा ११ बजे काठमाडौंबाट कैलाली जानेछन् ।  उनका अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका नृत्य प्रदर्शन गर्ने तयारी छ। सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन। उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषि उपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ।

कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गरेको हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्