नेपाल-भारत सीमा सुरक्षा बैठक : महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुला – नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतकाे धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ । महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्टि गरे । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति भएकाे हाे ।

यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्