नुवाकोटको मेघाङ गाँउपालिका र लिखु गाउँपालिकामा आँखा शिविर, ४६१ जनाले लिए सेवा

काठमाडौ – नुवाकोटको मेघाङ गाउँपालिका र लिखु गाउँपालिकामा मंगलबार आँखा शिविरको आयोजना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा एक दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ । ।
हिजो मंगलबार मेघाङ गाउँपालिकाको ग्राम सेवा माध्यमिक विद्यालय सामरी गरिएको आँखा शिविरमा २६० जना बिरामीले सेवा लिएका थिए जसमा ६ जना मोतीबिन्दु भएका बिरामी शल्यक्रियाको लागि छनौट भएका छन ।
यसैगरी लिखु गाउँपालिकाको चौघडा स्वास्थ्य चौकीमा समेत मंगलबार नै शिविरको आयोजना गरिएको छ । शिविरमा २०१ जना विरामीले सेवा लिएका छन् भने १२ जना मोतिबिन्दु भएका बिरामी शल्यक्रियाको लागि छनौट भएका छन । निशुल्क आँखा शिविरबाट छनौट भएका मोतिबिन्दुका बिरामीहरूको यही पौष १ र २ गते यस जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा सहुलियत मूल्यमा शल्यक्रिया गरिने जिल्ला सामुदायिक आँखा केन्द्र, विदुरका ईन्चार्ज तथा नेत्र अधिकृत तारा बहादुर वाईवाले जानकारी दिनुभयो ।
आँखा शिविरलाई सम्पन्न गर्नमा मेघाङ गाउँपालिकाको कार्यालय ,लिखु गाउँपालिकाको कार्यालय ५ नं वडा कार्यालय सामरी, नेपाल रेडक्रस सोसाइटी देउराली उपशाखा , ४ नं वडा कार्यालय चौघडा,चौघडा स्वास्थ्य चौकी र ग्राम सेवा मा वि देउरालीले समेत सहयोग र समन्वय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्