भारतलाई रास्वपाका अध्यक्ष लामिछानेको चेतावनी- ‘भारतीय दमन स्वीकार्य छैन, भेट्ने ठाउँ तय गरौँ ‘

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतको दादागिरी स्वीकार्य नभएको बताएका छन् । उनले नेपालको राजनीतिमा नयाँ पुस्ता आइसकेको र नयाँ पुस्तालाई भारतको दादागिरी स्वीकार्य नभएको भन्दै भारती पक्षलाई दिल्लीमा भेट्ने हो कि, काठमाडौंमा भेट्ने हो कि दार्चुलामा भेट्ने ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै रविले नेपाल भारतसामु वर्षौदेखि निरिह हुनुको कारणबारे प्रश्न पनि गरेका छन् ।

विभिन्न बाहानामा नेपाली नागरिक मारिदा पनि नेपाल निरिह बन्नुको कारणबारे प्रश्न गर्दै उनले लेखेका छन्, ‘आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको रु आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका पाना–पाना पल्टाएर बुँदा–बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?’ रविले आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन भन्दै प्रश्न गरेका छन्, ‘कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन के ले रोक्छ सरकारलाई ?’

यस्तो छ रविको सन्देश

त्यही महाकाली नदीमा तुइन तर्दा–तर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा र हराउँछन् सँधैका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको विष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउँन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका । तर, यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहीँ–कतै देखिँदैन।

वर्षौंको यो निरिहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका पाना–पाना पल्टाएर बुँदा–बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन के ले रोक्छ सरकारलाई रु राज्य यस्तो हुनु हुँदैन । सरकार अब यसरी चल्नु हुँदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्छ । नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ । त्यसैले अब नयाँ सिराबाट कुरा गरौँ । दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौँ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्