काँग्रेस उपसभापति खड्काले भने – ‘संसदीय दलको नेतामा देउवाले चाहना राखेपछि दायाँबायाँ हुन्न’

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् ।

बिहीबार कांग्रेस नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले देउवाको नेतृत्वमा कांंग्रेस र सत्तारुढ गठबन्धन चुनावमा गएको भन्दै देउवाले चाहदासम्म दायाबाया नहुने बताए । ‘सीधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौं । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन’ उनले भने । उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपले चयन गर्नुपर्ने र त्यसको वातावरण बनाउन आफू पनि क्रियाशील हुने बताए । कांग्रेसमा महामन्त्री गगन थापाले आफू संसदीय दलको चुनवा लड्ने बताइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्