‘अर्किड आइडल गायन प्रतियोगिता’ सुरु, पहिलो राउण्डमा ४८ जना छनोट

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले ‘अर्किड आइडल गायन प्रतियोगिता’को आयोजना गरेको छ ।

अर्किड प्युपल सेकेन्डरी स्कुलले विहिबार देखि ‘अर्किड आइडल गायन प्रतियोगिता’को ८ औँ संस्करणको सुरुवात गरेको गरेको स्कुलका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिए । संस्थापक भुजेलका अनुसार बिहिबारदेखि सुरुभएको ‘अर्किड आइडल गायन प्रतियोगिता’को फिनाले राउण्ड भने यहि मंसिर २३ गते हुनेछ ।

आज भएको क्वालिफाईङ राउण्डमा ४८ जना विद्यार्थीहरु छनोट भएका छन् । मंसिर २० गते सेमी–फाइनल राउण्ड हुनेछ भने २३ गते यस सिजनको फाइनल राउण्ड हुनेछ । आज भएको क्वालिफाईङ राउण्डमा संगितकार तथा गायक गोपाल पडाहीले जजको भुमिका निर्वाह गरेका थिए ।

अर्किडले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई उजागर गर्न विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । समय समयमा ‘अर्किड आइडल गायन प्रतियोगिता’, ‘अर्किड आइडल नृत्य प्रतियोगिता’, विभिन्न खेलकुद लगायतका कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको संस्थापक भुजेलले जानकरी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्