कञ्चनपुरका ‘सरल’ : जसले ३५ वर्षकै उमेरमा संसदीय यात्रा गरे

कञ्चनपुर – ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुरबाट सबैभन्दा कान्छा (कमै उमेर) मा युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश संसद बनेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता सरल ३५ बर्षकै उमेरमा प्रदेश संसद बनेका हुन ।
सरल पहिलो पटककै प्रयासमा प्रदेश सभा सदस्यको संसदीय यात्रामा सफल भएका हुन । सरल निर्वाचन क्षेत्र २(१)बाट निर्वाचित भएका छन । यस जिल्लाबाट ३ प्रतिनिधी र ६ प्रदेश सभा सदस्यमा निर्वाचित मध्ये सबैभन्दा कम उमेरमै संसद बनेका सरल नै हुन । सबैभन्दा कम ३५ बर्षका सरल र सबैभन्दा बढि ६१ बर्षका बहादुर सिह थापा रहेको छन । थापा क्षेत्र २(२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन ।

युवा अवस्थाकै उमेर भएका सरलप्रति नागरिकले समेत आशा अपेक्षा र भरोसा राखेका छन । १३ बर्षकै उमेरदेखि राजनीतिमा होमिएका सरल युवा अवस्थामै ससद बन्न सफल भएका छन ।

सरलको राजनीतिक यात्रा

आज भन्दा ठिक दुई दशक अर्थात २० बर्ष अघि तत्तकालिन माओवादीले व्यवस्था परिर्वतनका लागि थालेको जनयुद्धमा थिए । ०५९ सालदेखि माओवादी आन्दोलनमा होमिएका युवा नेता (सरल) प्रदेश सभा सदस्यको बनेका छन ।
शारदा माध्यामिक विद्यालय कक्षा ९ मा पढ्ने बेलादेखि नै सरल माओवादी आन्दोलनमा होमिएका थिए । अखिल क्रान्तिकारी जिल्ला सदस्यदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका भाटसंग प्रत्यक्ष राजनीतिमा होमिएको २० बर्षे अनुभव छ ।

०५५ सालतिर तत्तकालिन रौतेलिविचुवा गाविस पटैया क्षेत्रबाट विस्थापित भाट परिवारको अहिलेसम्म पनि पुर्नस्थापना भएको छैन । भाट आरक्षपीडित पनि हुन ।
०६० सालतिर अखिल क्रान्तिकारीको १६ औँ जिल्ला सम्मेलनको तयारीमा रहेका भाट सहितका नेता कार्यकर्तालाई प्रहरीले ब्रम्हेदबदेखि हिरासतमा लिएपछि अखिल क्रान्तिकारीको सम्मेलनमा समेत सहभागि हुन पाएका थिएनन ।

त्यसपछि नेकपा माओवादी केन्द्र डडेल्धुराको कार्यालय सचिवको जिम्मेबारीमा काम गरेका सरललाई पार्टीले ०६१ देखि ०६३ शान्तिवार्तासम्म प्रभावको जिम्मा दिएको थियो । मुख्य गरेर घाईतेको उपचारदेखि पाटीको काममा रहेका सरल सरकार र माओवादीविच विस्तृत शान्ति सम्झौता भएपछि नेपाल फर्किएर चुनावमा होमिएका थिए ।
०६४ सालमा पाटी केन्द्रीय कार्यालयदेखि तत्तकालिन सुुप प्रदेशमा रहेका निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समितिको जिम्मेबारी दिईएको थियो । ०६५ सालमा माओवादी केन्द्र पहिलो पटक सरकारमा गएपछि माओवादी केन्द्रका तर्फबाट श्रममन्त्री भएका लेखराज भट्टको स्वकीय सचिवको रुपमा काम गरेका थिए । अपिसैपाल मासिक पत्रिका प्रकासनको जिम्मेबारी पाएका भाटले ०६९ साल मा भेरी कर्णाली राज्य समिति कार्याय सचिव, हेटौडा महाधिवेशन पछि कञ्चनपुर आएर जिल्ला पाटी कार्यालय सदस्य, ०७३ मा केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभाग सुप प्रमुख, हुँदै नेकपा हुँदा प्रदेश र अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेबारीमा छन । स्थानीयदेखि केन्द्रसम्म छुट्टै राजनीतिक पहुँच छवि बनाएका सरल भुकम्प, नाकाबन्दी, कोरोना महामारी साथै विभिन्न प्राकृतिक प्रकोपमा समाजिक सेवा कार्य गर्दै आएका भाटले आफ्नो निर्वाचन क्षेत्रमा युवा केन्द्रीत एजेण्डा अघि सारेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्