अवैध लागु औषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं – अवैध लागु औषधसहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित ४६ वर्षीय कर्ण विकसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले अभियुक्तहरू चढेको सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्