विकल्प बिना सुकुम्वासी बस्ती उठाउने काम बन्द गर : शान्ता चौधरी

काठमाडौं – नेपाल भूमि अधिकार सङ्गठनकी केन्द्रीय अध्यक्ष एवं एमाले नेतृ शान्ता चौधरीले बिना विकल्प सुकुम्वासी बस्ती उठाउने काम बन्द गर्न अनुरोध गरेकी छन् ।

काठमाडौं महानगरले थापाथलीस्थित सुकुम्वासी बस्तीमामा डोजर चलाउने तयारी गरेपछि उनले पहिलो उनीहरूको वासका लागि विकल्प खोज्न आग्रह गरेकी हुन् । सुकुम्वासी बन्ने रहर कसैको नभएको उल्लेख गर्दै उनले गरिब प्रति जिम्मेवार बन्न आग्रह गरिन् ।

‘विकल्प बिना सुकुम्वासी बस्ती उठाउने काम बन्द गर । सुकुम्वासी हुनु कसैको रहर होइन बाध्यता हो ! गरिब प्रति जिम्मेवार बन् । उनले भनिन्,

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्