रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित, एमालेका कैलाशप्रसाद ढुंगेल पराजित

रामेछाप – रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् ।

तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त  गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए । तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्