एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटिको आयोजनामा ‘जुनियर गर्ल्स फुटसल टुर्नामेन्ट’ हुने

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटिको आयोजनामा फुटसल टुर्नामेन्टको आयोजना हुने भएको छ ।
यहि मंसिर १६ गतेबाट जुनियर गल्र्स फुटसल टुर्नामेन्टको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । खेल पाणिनी फुटसलमा आयोजना गरिएको छ । खेलमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कप र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । खेलमा एन प्याब्सनमा आबद्ध विद्यालयहरुको सहभागिता रहने (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटिले जनाएको छ । खेलमा कक्षा ७ सम्मका छात्राहरुको सहभागिता रहने आयोजकले बताएको छ । खेलले आउँदो पिढीलाई निकट भविष्यमा फुटबलप्रति थप जिम्मेवार बनाउने र एन प्याब्सनका सदस्य विद्यालयहरुमा यस टुर्नामेन्टले आपसी सम्बन्ध थप प्रगाढ हुने आयोजकको विश्वास छ । आयोजकले यस अघि विद्यालयका शिक्षकहरुबीच टुर्नामेन्टको आयोजना गर्ने गरेकोमा यस पटक भने विद्यार्थीहरुको लागि आयोजना गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्