घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको  छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

नवलपरासी प्रतापुर गाउँपालिका वडा नम्बर १ सिसहनियाबाट घुस रकमसहित देवानलाई शुक्रबार नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार बताएको छ । न्युज कारखाना

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्