दाङ–१ मा शान्ताले मेटमणीलाई शुभकामना दिदै भनिन्, ‘पार्टी फेर्दै नहिन्नु जनताको गुनासो हटाउनु’

काठमाडौँ – दाङ क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एसका मेटमणि चौधरीलाई प्रमुख प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले बधाई तथा शुभकामना दिएकी छिन् । शान्ताले पहिलो शुभकामना तथा बधाई दिँदै जनता बीचमा सांसद आएनन् भन्ने गुनासो हटाउन र धेरै पार्टी नफेर्न मेटमणीलाई आग्रह गरेकी छन् ।

मत परिणाम सार्वजनिक भएलगत्तै नेतृ शान्ताले विजयी मेटमणिलाई बधाई दिन पुग्दा आफैले अबिर लगाएर गएकी थिइन् ।

तत्काल अबिर उपलब्ध नभएपनि शान्ताले आफ्नै निधारको अबिर हातले निकालेर मेटमणिलाई लगाइदिँदै भनिन् ‘कतै मेरो भाग्य नि जाने त होइन, यो पराजित भएकाले लगाएको अबिर नभन्नु, जनताले जितेपछि गुनासो सुन्न आउँदैनन् भन्ने नपार्नु, मन्त्री बन्नु र आफ्नो क्षेत्रको विकास गर्नु, धेरै पार्टी फेरेर नहिंड्नु ।’

मेटमणिसँगै रहेको उनका समर्थकहरुले प्रधानमन्त्री, उपप्रधानमन्त्री बन्नु भन्नुस न दिदी भन्दा शान्ताले भनिन्‘उनी अहिले त्यो अवस्थामा पुगेका छैनन्, नहुने कुरा म गर्दिन, मन्त्री बनेकै छन् मन्त्री बनेर आफ्नो क्षेत्रमा राम्रो काम गर्नु, राजधानी कार्यान्वयन गर्नु अब धेरै भन्नुपर्दैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्