रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसका कारण ज्यान गयो

काठमाण्डौ – स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट ज्यान गएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार ज्यान गएको हो ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहँदा टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

‘मेरो बुवाको भर्खरै निधन भयो’, सान्जका छोराले ट्विटरमा लेखे । ‘उनी यो अवस्थामा ज्यान गुमाउन लायक थिएनन् । एक उत्कृष्ट, साहसी र मेहनती व्यक्तिका रुपमा मैले देखेको थिएँ । आफ्ना परिवार र रियल मड्रिड उनको प्यासन थियो ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्