कोरोना रोकथाम : उच्चस्तरीय समिति बैठक साँझ पाँच बजे बस्दै

काठमाडौँ – कोरोनाभाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिको बैठक शनिबार साँझ बस्ने भएको छ ।

विश्वभर महामारीको रूप लिएको कोरोनाभाइरसको संक्रमणबाट बच्न सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।
रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार बैठक पाँच बजे बस्दैछ ।

यसअघि सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ ।

स्रोतका अनुसार अबको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्