ललितपुरको नख्खुमा शव भेटियो, हत्याको आशंका

सांकेतिक तस्बिर

काठमाडौं – ललितपुर महानगरपालिका स्थित नख्खुमा शव भेटिएको छ । रामेछापको चनखु घर भएका ४० वर्षीय राजनकुमार बस्नेत मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।

बस्नेत ललितपुर महानगरपालिका–१३ स्थित बागडोलमा बस्दै आएका थिए । नख्खुको वैष्णवदेवी मन्दिरमा मृत भेटिएका बस्नेतको टाउकोमा चोट लागेको छ । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्