एमालेबाट बैतडी प्रदेश सभा क्षेत्र नं (क)बाट चुनावी प्रतिस्पर्धामा रहेका पाल घरदैलो अभियानमा

बैतडी – आसन्न निर्वाचनका लागि बैतडी जिल्लाबाट प्रदेश सभा क्षेत्र नं (क)बाट नेकपा एमालेका तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका सुरेन्द्र पालले घरदैलो अभियान तीब्र पारेका छ । सबैको सकारात्मक प्रतिक्रिया रहेकोले जीत सुनिश्चित रहेको उहाँले जनाएको छ । निश्वार्थ रुपले कार्यकर्ताहरुको साथ सहयोग र आम मतदाताको सकारात्मक प्रतिक्रियाले आफुलाई चुनाव जित्न त्यति कठिन नहुने पालले बताउनुभयो ।

नेकपा एमाले बैतडी जिल्ला अध्यक्ष समेत रहेका पाल आसन्त प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

सुरेन्द्र पाल २०४६ साल देखि नेपाली राजनीतिमा निस्वार्थ भावले सक्रियताका साथ होमिएर बैतडी कम्युनिस्ट आन्दोलन र दीन दुःख एवं श्रमजीवी वर्गका जनताको लागि महत्वपूर्ण योगदान गरी २०५० सालमा नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्य र २०५४ सालमा तत्कालिन रुद्रेश्वर गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पाल निर्वाचित भएपश्चात समग्र गाविसको भौतिक एवं आर्थिक विकासको निम्ति अरोरात्र खटीएर विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको पनि सामना गर्दै बैतडी कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन आफ्नो जीवनमा विभिन्न त्याग, सङ्घर्ष र योगदान गर्नुका साथै २०७१ सालमा नेकपा एमाले बैतडी जिल्लाको कार्यवाहक नेतृत्व सम्हालेर २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको पनि बैतडी जिल्ला अध्यक्ष भएका थिए ।

पालले अध्यक्ष भएर जिल्लाको समग्र विकासका लागि अतुलनीय, प्रसंसनीय एवं अविस्मरणीय कार्य गरि पटक पटक आम निर्वाचनमा पनि पार्टीलाई र पार्टीका कुशल एवं सक्षम उमेदवारलाई जिताउनको लागि अहोरात्र खटिएर लाग्नुभएका र नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भएका थिए । अध्यक्ष भएपश्चात पिछडिएको सुदूरपश्चिमको भूभाग बैतडीको पनि डिलासैनिलाई प्रदेश र केन्द्र सरकारसँग मितव्ययी ढंगले जोडेर बैतडीको आमूल परिवर्तन गर्नमा योगदान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्