राेमाञ्चक खेलमा भारतले बंगलादेशलाई अन्तिम बलमा हरायो

काठमाडौँ – बंगलादेशलाई अन्तिम बलमा हराउँदै भारत अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ।

वर्षाले प्रभावित भएर १६ ओभरमा छोट्याइएको खेलमा १५१ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो।

उसका लागि लिथन दासले सर्वाधिक ६० रन बनाए। २७ बल खेलेका उनले ७ चौका र ३ छक्का हिर्काएका थिए। यस्तै नुरूल हसनले १४ बलमा २५ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। जाजमुल हसनले २१ रन बनाउँदा कप्तान शाकिब अल हसनले १३ र तास्किन अहमदले १२ रन बनाए। भारतका लागि अर्सदिप सिंह र हार्दिक पाण्ड्याले २-२ तथा मोहम्मद शामीले १ रन बनाए।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो।

भारतका विराट ओपनर लोकेश राहुल र विराट कोहलीको अर्धशतक प्रहार गरेका थिए। कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहँदा लोकेश राहुलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए। कप्तान रोहित शर्मा ८ बल खेल्दै २ रनमा आउट हुँदा सूर्यकुमार यादवले १६ बलमा ४ चौकासहित ३० रन जोडे। दीनेश कार्तिक र अक्षर पटेलले ७–७ रन बनाउँदा रविचन्द्रन आश्विन १३ रनमा अविजित रहे। हार्दिक पान्ड्याले ५ रन बनाए। बंगलादेशका मोहम्मद हसनले सर्वाधिक ३ विकेट लिए। यस्तै सकिब अल हसनले २ विकेट हात पारे।

यो जितसँगै भारत सुपर १२ को समूह २ बाट सेमिफाइनल नजिक पुगेको छ। ४ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको भारतले अब अन्तिम खेलमा जिम्बावेसँग खेल्नेछ। यदि उक्त खेलमा जित हात पारे शीर्ष २ मा रहँदै भारत सेमिफाइनलमा पुग्नेछ। यस्तै बंगलादेशले अन्तिम खेलमा पाकिस्तानलाई हराए र भारत जिम्बावेसँग पराजित भएमा नेट रनरेटका आधारमा एक टोली सेमिफाइनलमा पुग्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्