लमजुङ कारागारमा एक कैदीको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ । शनिबार राती २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए ।

मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन । ०७८ बैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० बैशाख १२ गतेसम्म २ बर्ष कैद फैसला गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्