सत्ता गठबन्धनको अपिल साझा, घोषणापत्र अलग

काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।

सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एक/एक जना सदस्य रहने गरी समिति बनाएको छ । यस्तै, चारै दलले आआफ्नै घोषणापत्रसमेत तयार गर्दै छन् । साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा। प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् । समितिमा सत्ताको नेतृत्व गरेको दल कांग्रेसबाट जिम्मेवारी पाएका महतले निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलको साझा अपिल तयार हुँदै गरेको जानकारी दिए ।

‘हामी साझा अपिल तयार गर्दै छौं, संविधानको रक्षा, स्थायीत्व, विकास र समृद्धिका विषय साझा अपिलमा रहनेछन्, घोषणापत्र भने हाम्रो आआफ्नै बन्छन्,’ कांग्रेस प्रवक्तासमेत रहेका महतले भने । यो समाचार राजधानी दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्