आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरू हुँदै, पहिलो खेलमा नामिबिया र श्रीलङ्काबीच प्रतिस्पर्धा

काठमाडौं – आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् ।

नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहँदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका ७ विकेटले विजयी भएको थियो ।

आइतबार नै समूह ‘ए’ का यूएई र नेदरल्यान्ड्स दिउँसो १ः४५ बजे भिड्नेछन् । यूएई आफ्नो दोस्रो टी–ट्वान्टी विश्वकप खेल्दै छ । नेदरल्यान्ड्सको यो ५ औं विश्वकप हो । यी दुई टोलीबीचको पछिल्लो पाँच भेटमा चार पटक यूएईले जित हात पार्दा एक खेल नेदरल्यान्ड्सले जितेको छ । यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका, नामिबीया, यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा वेस्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् । दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा विभाजन गरिनेछ । दुई समूहका शीर्ष टोली सेमिफाईनलमा पुग्ने छन् । यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्