लगातारको पानीले मान्यजनका हातबाट टीका थाप्न जानेहरुलाई ठूलो कष्ट

FILE PHOTO

काठमाडौं– दसैंको बेला मुलुकभर नै बर्षा भएको छ । लगातारको पानीले मान्यजनका हातबाट टीका थाप्न जानेहरुलाई ठूलो कष्ट दिएको छ । त्यसमाथि ग्रामीण भेगका सडकहरु बाढी पहिरोले अबरुध्द हुँदा थप सास्ती खेप्नु परेको छ ।

मौसमविद्हरुले पानी अझै पर्ने बताइरहँदा दसैं मान्न गाँउ गएकाहरुलाई अब कर्मथलो फर्कन थप अफ्टेरो स्थितिको सामना गर्नुपर्नेछ ।

हाल नेपालमा दक्षिण(पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले गर्दा लगातार पानी परिरहेको छ । देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै एवं बागमती,मधेश र प्रदेश नं १ का एक दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रहरूमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुने देखिएको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्