कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर पल्टिएको प्रहरी चौकी पराशन कञ्चनपुरले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरका २३ वर्षीय गुड्डु राना र मोटरसाइकलमा पछाडी सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का २२ वर्षीय बिशाल रानाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्