काठमाडौं गौशालास्थित नेपाल वेद विद्याश्रम परिसरमा अध्ययन गर्दै विद्यार्थी

सुशिल सुवेदी, सिन्धुपाल्चाेक

अहिले नेपालमा ज्योतिषशास्त्र र इतिहास पुराण पढ्नेको संख्या बढिरहेको वाल्मीकि क्याम्पस प्रमुख गणेश घिमिरे बताउँछन् । ‘पढिसकेपछि तत्काल काम गर्न सकिने र पैसा पनि कमाइने भएकाले विद्यार्थी संख्या बढ्दो छ । उहाँका अनुसार वाल्मीकि क्याम्पसमा प्लस–टु उत्तीर्ण गरेकादेखि नेपाल सरकारका सचिव, कर्मचारी, न्यायाधीश, प्राध्यापक, शिक्षक, इन्जिनियरिङ र मेडिकल पढेकाहरू संस्कृत अध्ययनका लागि आउने गरेका छन् ।

प्राध्यापक विष्णु पन्थी पनि संस्कृत शिक्षामा विद्यार्थीको संख्या बढ्दो रहेको बताउँछन् । कहिले माओवादीको आक्रमण त कहिले सरकारी निर्णय– संस्कृत माध्यमिक विद्यालयहरू देशभरि साधारण माविमा परिवर्तन भए । पछिल्लो समय गुरुकुलको संख्या बढिरहेकाले फेरि संस्कृत माविहरू फर्काउन सकिने पन्थी बताउँछन् ।

हाल नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत देशभर १४ वटा आंगिक विद्यापीठ छन् । विश्वविद्यालयमातहतमा संस्कृत पढाइ हुने अन्य आंगिक निकाय २४ वटा छन् । विश्वविद्यालयका प्रशासक हेमलाल पन्थीका अनुसार गत वर्ष संस्कृत शिक्षा लिने विद्यार्थी संख्या दुई हजार सात सय ९१ थियो ।

‘कर्मकाण्ड मात्रै होइन संस्कृत’
अहिले नेपालमा संस्कृत राम्रोसँग छिचोल्ने मान्छे पाउन मुस्किल छ । औँलामा गन्न सकिने मान्छेले मात्र संस्कृत भाषालाई मज्जाले छिचोल्न सक्छन् । अर्कातर्फ संस्कृत भाषा कर्मकाण्ड र पुरेत्याइँमा सीमित बनेको छ ।

भन्ने गरिन्छ, यो भाषा ब्राह्मणका सन्तानले पढ्ने हो । यही कारण पनि संस्कृतप्रतिको विकर्षण बढेको नेपाल सरकारका पूर्वसहसचिव बद्री पोखरेल बताउँछन् । भन्छन्, ‘संस्कृतको महत्व श्राद्ध गर्ने मात्र होइन । यसको महत्व बुझाउन नसक्नु हाम्रो पनि कमजोरी हो ।’

संस्कृत शिक्षाका ‘गोल्डमेडलिस्ट’ पोखरेल अवकाशको समयलाई १८ पुराणका हरेक अध्यायको सार लेख्नमा लगानी गरिरहेका छन् । भन्छन्, ‘यसबाट संस्कृत नपढेकाले पनि सारांश बुझ्न सक्छन् ’ तर, सबै लेखेर सक्न अझै चार वर्ष लाग्ने उहाँको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्