व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

File Photo

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् ।

माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताए । ‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन’, उनले भने, ‘घर आँगन बदल्ने, उज्यालो ल्याउने, समृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।’ देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उहाँले देशलाई अब विकास निर्माण र समृद्धिको आवश्यकता रहेको बताए ।

चितवनमा अहिले नमुना विकासको प्रयास गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र समृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईँहरूलाई प्राप्त हुने छ ।’ चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उनले बताए ।

आफूले देशका सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदायको समृद्धिको उचाइमा लाने सपना बोकेको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्