सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

File Photo

काठमाडौं – मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ ।

हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । शीर्ष नेताहरुबीच एक दुई दिनभित्रै सिट बाँडफाँट टुङ्ग्याउने समझदारी भएको खनालको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्