साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको छैटौँ उपाधि बंगलादेशले उचाल्न सफल भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

खेलको पहिलो हाफमा बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् । पछि पुनः सरकारले थप एक गोल गर्दै खेललाई फराकिलो बनाइन् ।

दोस्रो हाफको ७९ औँ मिनेटमा नेपालका अनिता बस्नेतले १ गोल गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्