जनआन्दोलनमा गोली लागेर आँखाको दृष्टि गुमाएका बैतडीका भाटलाई काँग्रेसले न्याय गरेन

तस्विर : नेपाल समाचार पत्र र दृष्टि

काठमाडौँ – बैतडीका चन्द्रबहादुर भाट नेपाली काँग्रेसका पुराना नेता हुन् । भाट नेपाली राजनीतिको परिवर्तनका संवाहक हुन् । २०६२/६३ को जनआन्दोलनमा निधारमा गोली लागेर आँखाको दृष्टि गुमाएका भाटलाई नेपाली काँग्रेसले अहिलेसम्म कुनै पनि पदीय जिम्मेवारी दिएको छैन । भाट जनताको काममा सधै सरिक हुन्छन् । भाटले २०७४ सालको स्थानीय चुनावमा बैतडीको दोगडा केदार गाउँपालिकाको अध्यक्षको टिकटको लागि दाबी गरेका थिए । तर भाटलाई टिकट मिलेन । ‘म सँग जनमत थियो, तर पैसा भएन, पार्टीले म माथी सधै अन्याय गरेको छ’ भाटले भने, ‘निर्वाचन आउँछ मेरो नाम सिफारिस हुन्छ, अन्तिममा टिकट मिल्दैन, किनभने म सँग पैसा छैन, मैले पार्टीको लागि लामो समयदेखि काम गरे, आन्दोलन गरे, आन्दोलनकै क्रममा मेरो निधारमा गोली लागेर आँखाको दृष्टि समेत गुमाए तर पार्टीले सधै अन्याय गर्दै आएको छ ।’
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि प्रदेशसभा सामानुपातिक तर्फ भाटको नाम सिफारिस भएको छ । तर भाटलाई यसपाली पनि सामानुपातिकमा टिकट पाउने भरोसा छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्