आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने ओलिको संकेत, जारी गरे यस्तो भिडियो सन्देश

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने संकेत गरेका छन् । एउटा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका लागि आमजनतालाई अपिल गरेका छन् ।

ओलीले कृषि क्षेत्रमा अघि सार्नुपर्ने नीति तथा योजनाहरूका सम्बन्धमा सुझाव मागेका थिए । त्यसअनुसार आफूलाई धेरै सुझावहरू प्राप्त भएकोमा उनले धन्यवादज्ञापन गरेका छन् । अबका दिनमा अरु क्षेत्रमा पनि आफूले सुझाव माग्ने उनको भनाइ छ ।

फेसबुकमा कमेन्टहरू नियालिरहेको भिडिओ पोष्ट गर्दै ओलीले भनेका छन्, ‘मलाई आफ्ना महत्वपूर्ण विचार र दृष्टिकोणहरु दिएर सहयोग पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिएको छु । हामी सम्पर्क र संवादमा रहिरहनेछौं ।’ ओली प्रविधिमैत्री नेता हुन् । उनी अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आउने सबैखाले विषयवस्तुहरूप्रति अपडेटेड रहन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्