सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्दै

File Photo

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने छ ।

कार्यदलले धेरै कुरा मिलिसकेको र मिल्न बाँकी कुरामा आज छलफलबाट टुङ्गोमा पुग्ने गठबन्धनका शीर्ष नेताको तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्