कैलालीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

मसुरिया –  विश्व आत्महत्या रोकथाम दिवस कैलालीको गौरीगंगामा मनाईएको छ । आशा जगाऔं, जीवन बचाऔं मुल नाराका मसुरिया बजारमा प्रभातफेरी रियाली सहित अभिमुखीकरण कार्यक्रम गरिएको थियो । टि.पी.ओ. नेपालका कैलाली जिल्ला मनोपरामर्श दाता दिनेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा पहिलो संविधान सभा सदस्य कृष्ण कुमार चौधरीले सम्बोधन गरेका थिए ।

जुनसुकै उमेर समुहका मानिसहरुले आत्महत्या गर्ने हुँदा घर परिवार समाजमा कमजोर मनस्थिति बनाउने व्यक्तिको उपचारमा प्रोत्साहन गर्नुपर्ने चौधरीले बताएका छन् । घर परिवार साथीभाइ सकारात्मक सोचका साथ जिवन उपयोगी सिप विकास गरेर सहयोगात्मक सम्बन्ध बनाएमा सहि परामर्श र उपचारले आत्महत्याबाट मृत्यु हुने जोखिम कम गर्न सकिने कार्यक्रमका सहभागीहरुले बताएका थिए । मसुरिया स्वास्थ्य चौकीको समन्वयमा टिपिओ नेपालको आयोजनामा गरिएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियोे ।

यो पनि पढ्नुहोस् ।  

किन गर्छ मानिसले आत्महत्या ?

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्