कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु

काठमाडौँ – कञ्चनपुरको दोधरा चाँदनीमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।  दोधारा चाँदनी –३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो । शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जोगबुडा नदीमा बाढीसँगै बगेर आएका काठ दाउरा सङ्कलन गर्ने क्रममा वादी बगेका हुन् । उनको शव बगेको ठाउँ एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्