काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।

अहिले प्रदेश–१, वाग्मती, मधेस, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक÷दुई घण्टासम्म नै पानी पर्ने सम्भावना छ । बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो ।

बङ्गालको खाडीमा आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । बारा, सप्तरी, सिन्धुली, काठमाण्डौ लगायत ठाउँमा ठूलो पानी परिरहेको छ । जलवाष्पयुक्त हावा बिस्तारै सरिरहेकाले एक÷दुई घण्टापछि भने कम पानी पर्ने अनुमान छ । बङ्गालको गाडीमा बनेको न्यून चापीय क्षेत्रको असर भोलि र पर्सि पनि पर्ने मौसमविद्ले बताएका छन् ।

भोलि र पर्सि पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्