उद्योगमन्त्री बडूले भने – म मन्त्री भएपछि ३०९ वटा उद्योग खुले, २८ हजार बढीले रोजगारी पाए (भिडियो)

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको बताएका छन् । मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामबारे जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको बताएका हुन् ।
त्यस्तै उनले कोरोनाबाट सिथिल बनेको उद्योग क्षेत्र क्रमश पुरानै अवस्थामा फर्किएको बताए । रुग्न उद्योगहरु सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उनको भनाइ छ।

उनले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामाग्री राख्ने र बजारभन्दा निकै सस्तो मूल्यमा सामान उपलव्ध गराउने र यसले पनि बजारको मूल्यवृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने बताए । उनले पेट्रोलियम पदार्थको आयातका लागि पाइपलाइन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीतिलगायतका योजनाहरु सार्वजनिक गरे।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्