तादीको रालुकामा नि:शुल्क मोतिबिन्दु छनौट शिविर सम्पन्न, १३० जनाले सेवा लिए

नुवाकोट । तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं,जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने नि:शुल्क मोतिबिन्दु छनौट शिविर सम्पन्न भएको छ । यही भदौ २१ गते मंगलबार​ तादी गाउँपालिकाको चिलाउने आधारभूत विद्यालय रालुकामा जम्मा १३० जना बिरामीले सेवा लिएका छन् भने १५ जना मोतिबिन्दु भएका बिरामी शल्यक्रियाको लागि छनौट छनौट भएको जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले जानकारी दिए । नि:शुल्क आँखा शिविरबाट छनौट भएका मोतिबिन्दुका बिरामीहरूको यही भाद्र २३ र २४ गते यस जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा नि:शुल्क शल्यक्रिया गरिने छ ।

तस्बिरहरु:

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्