नुवाकोटको काउलेमा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न, १९२ जनाले सेवा लिए

काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ ।

आइतबार काउले स्वास्थ्य चौकीमा जम्मा १९२ जना बिरामीले सेवा लिएका छन् भने १३ जना मोतीबिन्दु भएका बिरामी शल्यक्रियाको लागि छनौट भएका छन् । निशुल्क आँखा शिविर बाट छनौट भएका मोतिबिन्दुका बिरामीहरूको यही भाद्र २३ र २४ गते जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा निशुल्क शल्यक्रिया गरिने जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले जानकारी दिए । निशुल्क आँखा शिविरलाई सम्पन्न गर्नका लागि किस्पाङ गाउँपालिकाले समन्वय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्