काँग्रेस नेतृ राई खोटाङ प्रदेशसभा ‘ख’ बाट समानुपातिक उम्मेदवार सिफारिस

काठमाडौँ – नेपाली काँग्रेसकी नेतृ सपना राई खोटाङ जिल्लाको प्रदेशसभा ‘ख’ बाट समानुपातिक उम्मेदवार सिफारिस भएकी छिन् । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि खोटाङ प्रदेशसभा ‘ख’ क्षेत्रीय कार्यसमितिले राई र जिल्ला कार्यसमिति सदस्य राजु ढकाललाई समानुपातिक उम्मेदवार सिफारिस गरेको हो । राई २०७४ सालको स्थानीय निर्वाचनबाट दिप्रुङचुईचम्मा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । राईले आफ्नो कार्यकालमा गाउँपालिकामा थुप्रै सुधारका कार्यहरु गरेकी छिन् । खोटाङमा एउटा निर्वाचन क्षेत्र मात्रै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्