कञ्चनपुरको शुक्लाफाँटामा तीज मनाउने क्रममा रूख ढल्दा ६ जना घाईते, २ को अवस्था गम्भीर

कञ्चनपुर – कञ्चनपुरमा घरको छतमा तीज मनाउने क्रममा रूख ढल्दा ६ जना घाईते भएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को शान्तिपुरमा तीजको नृत गरिरहेको बेला एक्कासि रूख ढल्दा ६ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको वडा नं ८ का वडाध्यक्ष बहादुर सिँह महराले जानकारी दिनुभयो ।

घाइते हुनेमा १९ बर्षिया लक्ष्मी भण्डारी , ५० बर्षीय मैना पार्की, ३० बर्षीय कमला जाेशी, बर्ष ४५ का लिलाधर भट्ट ,बर्ष १५ का खगेन्द्र धामी रहेका छन । घाइतेहरुको झलारी स्थित शुक्लाफाँटा पाेलिक्लीनीकमा उपचार भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्