सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रवेश, ३ लाख ८४ हजार जनाले ज्यान गुमाए

सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्चमा सुरू भएको गृहयुद्धमा अहिलेसम्म सिरियामा तीन लाख ८४ हजार जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

युद्धको कारण त्यहाँको आधाभन्दा बढी जनसङ्ख्या आन्तरिक वा वाह्य रूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ । सन् २०११ मा अरब वसन्त नाम दिइएको शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलन समय क्रमसँगै सरकारविरूद्धको कडा सङ्घर्षको रुपमा परिणत भयो ।

विद्रोही समूहले राष्ट्रपति वसर अल असदलाई बर्खास्त गर्नुपर्ने माग बुलन्द गरेपनि राष्ट्रपति असदले राजीनामा नदिएपछि द्वन्द्वको मारमा सर्वसाधारणले झण्डै एक दशक बिताउन बाध्य भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्