डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते

कैलाली – डडेल्धुरामा जीप दुर्घटना भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डोटीको दीपायलबाट डडेल्धुरा सदरमुकामतर्फ गइरहेको से १ ज ५०४ नम्बरको जीप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँको सल्लाघारी मोडमा दुर्घटना भएको हो।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा ८ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरुको उद्धारमा प्रहरी खटिएको छ। उद्धार कार्य जारी रहेको बताइएको छ।

जीप आइतबार दिउँसो साढे १ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्